हेटौंडा – दुध बोक्ने पिकअप जिपको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । काठमाडौँको नैकापमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको दुध बोक्ने जिपको ठक्करबाट चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप बस्ने ७१ वर्षीय ध्रुव प्रसाद रेग्मीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रेग्मीको उपचारको क्रममा सहिद मेमोरीयल अस्पताल कलंकीमा मृत्यु भएको हो । जिपले पैदल हिडिरहेका बृद्धलाई आज बिहान सवा ५ बजे ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।