प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०८० भाद्र १, शुक्रबार १५:१० बजे

काठमाडौं – मोरङको उर्लाबारी नगरपालिका(३ सोल्टी पुलमा शुक्रबार दिउँसो यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसको पछाडि सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–१ का ४३ वर्षीय गोपालप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषित गरेको थियो ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।