प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल चोर्दाचोदै गिरी पक्राउ

२०७९ बैशाख २८, बुधबार १३:४३ बजे

हेटौंडा – पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश गिरी रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका–८ माईस्थान अगाडि पार्किङ गरी राखेको बारा बिश्रामपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी उपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।