प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

असारदेखि आइतबार बिदा नहुने

२०७९ जेठ २३, सोमबार १४:१७ बजे

काठमाडौं – सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको हो ।

यसअघि वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

तर, एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध आज ९सोमबार० नै सर्वोच्च अदालतमा रिट दायर भएको छ।