प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रमुख थपलियासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

२०७९ कार्तिक २४, बिहीबार ०९:०२ बजे

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन् । बिहीबार आयोगको कान्तिपथस्थित कार्यायलयमा प्रमुख निर्वाचन आयुक्त थपलियासँग राजदूत डेप्रेजले भेटवार्ता गरेका हुन् ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको आयोगले जनाएको छ ।