प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको ठक्करबाट महराको मृत्यु

२०७९ फाल्गुन ३०, मंगलबार १४:२० बजे

हेटौंडा – सुनसरीको दुहबी नगरपालिका ८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका ७ का घर भएका २८ वर्षीय रबिन्द्र महरा रहेका छन् ।

प्रहरीका अनुसार ध १ ख ६४७ नम्बरको बसले सोमबार बेलुकी ८ बजे पैदलयात्री रबिन्द्रलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।