हेटौंडा – प्रहरी प्रधान कार्यालयले चार्डवार्डको समयमा हारजित हुने गरी जुवातास खेलेर पक्राउ परेकाहरुको बिवरण सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार दसैँमा भन्दा तिहारमा दोब्बर जुवाडेहरू पक्राउ परेका छन् ।
तिहार अवधि (कार्तिक २५ देखी ३० सम्म) देशभरबाट ३६९ जना जुवाडेहरूलाई पक्राउ गरेर कानुनी कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा देशभरबाट १६० जना जुवाडे पक्राउ परेका थिए ।
तिहारको समयमा जुवा खालबाट ५३ लाख ८७ हजार ९६१ रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।यसअघि घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म देशभर सञ्चालित २१ वटा जुवा खालबाट प्रहरीले ३१ लाख ६ हजार ३१९ रुपैयाँ नगद बरामद गरेको थियो ।
प्रदेशीक तथ्याङ्क अनुसार दसैं र तिहारकोे अवधिमा सबैभन्दा बढी बागमती प्रदेशबाट २१२ जना र सबैभन्दा कम कोशी प्रदेशबाट २० जना ज्वाडे पक्राउ परेका छन् ।

