प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

अर्थोपेडिक अस्पताल नजिकै दुर्घटना: प्रहरी हवल्दार कटुवालको मृयु, तीन घाइते

२०७९ भाद्र १२, आईतबार ०४:३१ बजे

हेटौंडा– काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ भने तीन जना भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाण्डौकै शंकरापुर नगरपालिका ५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे उनको मृत्यु भएको हो । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ । बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे आपसमा ठोक्किँएको थियो ।