प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट अफिम सहित एक महिला र एक पुरुष पक्राउ

२०८० माघ ६, शनिबार २०:४० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट शनिबार लागूऔषध अफिम सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भई पर्सा रङपुरटाडीस्थित मिठाई पसल संचालन गर्दै आएका ४० बर्षीय जगु साह र भारत मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने ४० बर्षीया शाहिल देवी रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८४ नम्बरको यात्रुबाहक माईक्रो बसमा सवार साह र देवीले बोकेको झोला चेक जाँच गर्दा १ किलोग्राम लागुऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त अफिम सहित दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिएको जनाएको छ ।