प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक युवती मृत भेटिइन्

२०८० असार ४, सोमबार १५:५७ बजे

हेटौंडा – मकवानपुरको घट्टेपाखामा एक युवती मृत भेटिएकी छन् ।

जिल्लाको बकैया गाउँपालिका–११, घट्टेपाखास्थित बस्ने अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएको बामगती प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वाईबा घरको भर्‍याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।