हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट ५६ एम्पुल लागूऔषध डाईजेपाम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को बिबेक कुमार गिरी रहेका छन् ।
प्रहरी चौकी बसपार्क हेटौडाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना ३ ख ५२२५ नम्बरको यात्रुवाहक बसबाट शंकास्पद अवस्थामा ओर्लिएका गिरीलाई रितपुर्वक खानतलासी गर्दा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनले आफ्नो शरीरको पेट र छातीको भागमा प्लाष्टिक बेरी लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध नुर्फिन १८ एम्पुल, फेनरागन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल गरी जम्मा ५६ एम्पुल फेला परेको हो । उक्त लागुऔषध सहित गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।