प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ईन्द्रसरोवरको रामचन्द्र भञ्ज्याङमा पहिरो, सिस्नेरी–कुलेखानी सवारी आवगमन प्रभावित

२०७९ जेठ ३१, मंगलबार १२:३७ बजे

हेटौंडा – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ । पहिरो खसेका कारण सिस्नेरी हुँदै कुलेखानी जाने आउने सवारी साधन प्रभावित भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार सो स्थानको पहिरो हटाउनको लागि पहल भइरहेको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनले फाखेलको बाटो प्रयोग गरी यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । त्यस्तै अन्य नाकाबाट भने सवारी साधन सहज रुपमा संचालन भइरहेका मकवानपुर प्रहरीले जनाएको छ ।

फाइनल तस्बिर