प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा एक जना मृत भेटिए

२०८० फाल्गुन १९, शनिबार १०:०५ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोबरमा एक जना मृत भेटिएका छन् । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ बस्ने ७१ वर्षिय पदम बहादुर गोले लडेको अवस्थामा मृत भेटिएका हुन् ।

गोले आफ्नै घरदेखी करिब एक सय मिटर पश्चिम तर्फ गोरेटो बाटोमा लडेको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृतक बृद्धको पोष्टमार्टका लागि काठमाण्डौं तर्फ लगिएको प्रहरीले जनाएको छ ।