काठमाडौं – श्रीमती हत्या गरेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई पक्राउ गरेको हो ।
गत असोज १३ गते शनिबार राति साढे ९ बजेतिर उपेनले आफ्नै श्रीमती ३० वर्षीया जितनी सहनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती सहनीको मृत्यु भएको थियो।
घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।