हेटौंडा – तीन वटा सवारी साधन एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका ११ मा गएराती प्रदेश १(०१(००१ ख ३८८७ नम्बरको बस, को १० प ३५७९ नम्बरको मोटरसाइकल र को २ त ५०५९ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङकै सुन्दरहरैचा नगरपालिका ११ का अन्दाजी २४ वर्षीय राजेश धिमाल र मोटरसाइकल पछाडी सवार सोही ठाँउका अन्दाजी २३ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागी विराटनगर स्थित विराट नर्सिङ होम ल्याइएकोमा उपचारको क्रममा चौधरीको हिजो बेलुकी पौने ९ बजे र चालक धिमालको आईतबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।