प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग, तीन जना पक्राउ

२०८० माघ ३, बुधबार १९:५७ बजे

हेटौंडा – ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने ३ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा–१ का २६ वर्षीय दिपक विक र वडा–२६ का २५ वर्षीय सागर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चिवनवका अनुसार उनीहरूले फोन गरेर १५ लाख रकम फिरौति माग गरेर नदिए गोली हान्ने धम्की दिएका थिए। रुपन्देहीको असुरैना घर भई भरतपुर महानगरपालिका–१ मा व्यवसाय गरेका करण गुप्तालाई फिरौती मागेका थिए।

रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए। चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।