प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गको काम सुस्त

२०८० बैशाख २, शनिबार ०१:४६ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चनेल – सतुगल स्तरोन्नतिसहित सडक कालोपत्रे हुने भएको छ ।

ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन । देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौं दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो ।

ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो ।

मकवानपुर खण्ड हेर्दै आएको यातायात पूर्वाधार निर्देशनालय मातहतको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले उक्त सडकको मकवानपुर खण्डमा स्तरोन्नतिसहित कालोपत्रे गर्न २० करोड रुपियाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

महालक्ष्मी खोलाबाट साढे छ किमि सडकमा कालोपत्रे गर्ने गरी ठेक्का आह्वान गरिएको र दुई लेनको सात मिटर चौडा सडक हुने बताउँदै सडक खण्डमा ह्युम पाइप र कल्भर्ट गरी २१ स्थानमा निर्माण हुने बताए।

सबैभन्दा छोटो
हेटौंडा हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–मार्खु–चित्लाङ–थानकोट सडक, हेटौंडा फाखेल फर्पिङ बल्खु सडक, हेटौंडा सिस्नेरी छैमले दक्षिणकाली–फर्पिङ बल्खु र हेटौंडा–महालक्ष्मीखोला–चखेल–सतुगल सडक रहेका छन् । तीमध्ये सबैभन्दा छोटो मार्ग हेटौंडा–महालक्ष्मीखोला–चखेल–सतुइगल सडक भएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिए ।

महालक्ष्मीखोला–चखेल–सतुगल सडक ९हेटौँडाबाट सतुगलसम्म ६४ किमि रहेको छ। यस्तै त्रिभुवन राजपथ १३२ किमि कान्ति लोकपथ ९२ किमि, हेटौंडा–मार्खु चित्लाङ थानकोट ६६ किमि, हेटौंडा–फाखेल ७८ किमि र हेटौंडा– सिस्नेरी दक्षिणकाली ८० किमि रहेको छ ।

राजनीतिक प्रभाव र प्रतिशोध
२०४६ को परिवर्तनपछि सतुगलबाट मकवानपुरको चखेलसम्म जोड्ने योजनासहित सतुगल क्षेत्रमा सर्वोच्च नेता गणेशमान सिंहले शिलान्यास गर्नुभएको थियो। गणेशमानले शिलान्यास गरेपछि गणेशमान मार्ग नामकरण त गरियो तर सडकमा राजनीतीकरण भएर निर्माण कार्य रोकिएको तत्कालीन फाखेल गाविसका अध्यक्ष तीर्थलाल लामाले बताए ।

राजनीतिक पहुँच र प्रभावका भरमा अरू सडकमा बजेट पार्ने र केही काम हुँदै आए पनि महालक्ष्मीखोला–चखेल–सतुगल सडक भने ओझेल पर्दै आएको थियो । काठमाडौँ र मकवानपुर दुवै खण्डमा विकासको काममा भएको राजनीति र चन्वेलतर्फका बासिन्दाको राजनीतिक पहुँच कम भएकाले सडक निर्माण प्राथमिकतामा नपरेको २०५४ सालमा निर्वाचित तत्कालीन फाखेल गाविसका अध्यक्ष लामाले बताए । पछि गणेशमान सिंहकै नाममा थानकोट चित्लाङ सडकलाई गणेशमान मार्ग नामकरण गरिएको थियो ।

महालक्ष्मीखोला–चस्खेल सडकतर्फ सामान्य बजेटमा काम हुँदै आएको तत्कालीन जिविसमा बसेर काम गरेका इन्जिनियर ओझाले बताए । पछिल्लो समय उक्त सडकको मकवानपुरतर्फ ग्राभेल गर्ने २०७७ बाट मात्रै सुरु भयो ।

काठमाडौँतर्फको काम सुस्त
प्रदेश सरकार स्थापनासँगै २०७६ जेठ १७ गते काठमाडौंतर्फ १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएकोमा कोभिड १९ लगायतका कारण देखाउँदै थपिएको म्याद आगामी जेठ महिनासम्म पनि पूरा नहुने भएको छ ।

करिब २४ करोड रुपियाँको लागतमा निर्माण गर्ने गरी मकवानपुरको काठमाडौंको सीमा मकैबारीबाट सशस्त्रको व्यारेकसम्म साढे पाँच किमि सडक निर्माण सम्झौता भएकोमा पछि पहिरो गएकोलगायतका कारण देखाउँदै पुनः मूल्याङ्कन गरी २७ करोड रुपियाँ पुर्‍याइएको थियो । निर्माण कम्पनीका कारण हालसम्म सडकको कामको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय ललितपुरले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख पुष्करप्रसाद पोखरेलले मकैबारी–मातातीर्थ सतुगल सडकखण्डको काम धिमा गतिमा भइरहेको जानकारी दिए । “निर्माण कम्पनीले जिम्मा लिएको काम समयमा पूरा नगर्ने समस्या छ। निर्माण कम्पनीलाई काम गर्न भन्यो पैसा छैन भन्छन्, उता बजेट फ्रिज हुन्छः काममा भएको ढिलाइले तोकिएको समयमा निर्माण पूरा हुने देखिँदैन,” उनले भने ।

यसैबीच महालक्ष्मीखोला–चन्वेल–सतुझगल सडकको मकवानपुरतर्फको सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रेको क्रममा बन्द हुने भएको छ । उक्त सडकखण्ड आगामी वैशाख १० गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको हो ।

सडक चौडासहित स्तरोन्नतिको क्रममा कालोपत्रे गर्न ठेक्कासमेत खुलेकाले सवारीसाधन आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए । उनले सुनोलगायतका सवारीसाधन चल्दा काममा अवरोध पुगेकाले बिहान ६ बजेबाट साँझ ६ बजेसम्म सडक बन्द गरिएको बताए ।

कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी छैमले सडकसमेत प्रदेश सरकारको बजेटमा स्तरोन्नतिसहित कालोपत्रेका लागि काम अगाडि बढाइएको छ । गोरखापत्र दैनिकबाट