प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७९ भाद्र २२, बुधबार ०२:५८ बजे

हेटौंडा – मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको राक्सिराङ गाउँपालिका–२ बरेटार बस्ने ६२ वर्षीया कालिमाया स्याङतान चट्याङ लागेर मृत्यु भएको हो ।

उनको आफ्नो घर नजिकै बारीमा गएको अवस्थामा अविरल बर्षासंगै अचानक परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । घटनाको अनुसन्धान तथा मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट टोली पठाईएको कार्कीले बताए ।