प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको सडकमा बनाईएको अपमानजनक चित्र मेटियो, यसो भन्छन् सिडिओ ?

२०८० बैशाख २५, सोमबार ०९:१७ बजे

हेटौंडा – हेटौंडा बजारको मुख्य सडकमा बनाईएको राष्ट्रिय झण्डा र भगवानका पहिचान झल्किने चित्रको व्यापक विरोध भएपछि मेटिएको छ । मकवानपुर विर गोरर्खाली समुहका युवाहरुले उक्त अपमानित चित्र मेटाएका हुन् ।

हेटौंडा–१० राप्तीतटस्थित गोरक्षश्वरमा जारी पञ्चवर्षीय विराट महायज्ञका गुरुहरुलाई स्वागत एबम् नागरिक अभिनन्दन गर्न मिलनमुक्ति संस्था राजथला परिवारले त्यहाँ राष्ट्रिय झण्डादेखि भगवानहरुको चित्र बिच सडकमा बनाएको थियो ।

गएको शनिबार त्यहाँ राजमार्ग नै अवरुद्ध हुने गरी दीप प्रज्ज्वलन गरिएको थियो, भने ठुलो संख्यामा हिन्दु कर्म संरक्षक, धर्म गुरुहरु र हिन्दु धर्मालम्बीहरुको उपस्थिती रहेको थियो । पञ्चवर्षीय विराट् महायज्ञका मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीको नेतृत्वमा आएको टोलीले त्यहाँ हिन्दु कर्म अनुसार धार्मिक कर्म समेत गरेका थिए ।

त्यसपछि पैदलयात्री र सवारी साधनहरु राष्ट्रिय झण्डादेखि भगवनको आकृतिहरुलाई कुल्चिएर हिड्न बाध्य भएका थिए । मकवानपुर विर गोरर्खाली समुहका युवाहरुले सडकमा बनाइएको चित्रलाई कालो रङ लगाएर मेटेका हुन् । 

राष्ट्रिय झण्डाको अपमान हुँदा पनि स्थानिय प्रशासन र सरोकावाली ब्यक्तिहरु मैन रहेको स्थानिय व्यवसायी रमेश दाहाल बताउँछन् । यस विषयमा स्थानीय प्रशासनले बुझेर कानुन अनुसार कारवाहीको दायरामा ल्याउनु पर्ने जानकारहरु बताउँछन् ।

राष्ट्रिय झण्डाको अपमान गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ‘राष्ट्रिय झण्डाको अपमान गर्ने कसलाई छुट छैन, कानुन अनुसार कारवाही गर्छौँ,’ पाण्डेले भने ।

राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन । मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस् 

हेटौंडामा हिन्दु धर्म संरक्षक र गुरुको शान, राष्ट्रिय झण्डादेखि भगवानको अपमान(भिडियो)