प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश युवा परिषदद्वारा १२४ जना कर्मचारी माग

२०७९ चैत्र १, बुधबार ०६:२२ बजे

हेटौंडा – बागमती प्रदेश युवा परिषद् हेटौंडाले विभिन्न पदमा १२४ जना कर्मचारी माग गरेको छ । परिषदले कम्तीमा दुइ वर्ष काम गर्नेगरी प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा एक जनाका दरले राख्नेगरी युवा स्वयंसेवक माग गरेको हो ।

युवा परिषद्ले सुचना सार्वजनिक गर्दै कृषि क्षेत्रका २५ जना (प्रा.स./ना.प्रा.स.), पशु क्षेत्रका २५ जना (प्रा.स./ना.प्रा.स.), शिक्षा क्षेत्रका ४४ जना (गणित र विज्ञान माध्यमिक तह), स्वास्थ्य क्षेत्रका ३० जना कर्मचारी माग गरेको हो । जसमा स्वास्थ्य क्षेत्रका नर्सिङ १० जना (P.L.C.),  ल्याव १० जना (ल्याब एसिसेन्ट), अनमी १० जना (चौथो तह खरिदार वा सो सरह)  रहेका छन् ।

परिषद्को चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार प्रदेश युवा स्वयंसेवक माग गरिएको सुचनामा उल्लेख छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवाहरुले आवेदन दिन पाउनेछन् । आवेदन सूचना प्रकाशित मितिले १५ दिनभित्र दिनुपर्नेछ । आवेदन फारम बागमती प्रदेश युवा परिषदको वेवसाइटमा रहेको रहेको छ । स्वयं सेवक बागमती प्रदेशको स्थायी वासिन्दा हुनु पर्नेछ ।