प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बजारमा बढ्यो तिहारको चहलपहल (तस्बिरहरू)

२०७९ कार्तिक ५, शनिबार १४:०० बजे

हेटौंडा – तिहार सुरु भएसँगै बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा सामान किन्नेको भिड बढेको छ। तिहार लागेसँगै हेटौंडाको मुख्य व्यापारिक क्षेत्रहरूमा सामान खरिद गर्ने उपभोक्ताहरूको भिड देखिएको हो।

हेटौंडाको वुद्धचोक, राप्तीरोड, सिमाचोक, कान्तिराजपथ लगायत क्षेत्रमा तिहारका लागि चाहिने सामग्री बिक्री हुन थालिसकेका छन्। कुच्चो, नाङ्लो, तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान, झिलीमिली बत्ती किन्नेको भिड लागेको छ ।

त्यस्तै व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, फलफुल, ओखर, सप्तरंगी टीका, दीयोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।

हेर्नुहोस् तस्बिरहरू: