प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

ट्रिपरको ठक्करबाट सिटी सफारी चालक सहित ४ जना घाइते

२०८० जेठ १०, बुधबार ०३:३९ बजे

हेटौंडा – सुनसरीको दुहबी नगरपालिका ५ पशुपतीमा ट्रिपरको ठक्करबाट सिटी सफारी चालक सहित ४ जना घाइते भएका छन् । घाइते हुनेमा सिटी सफारी चालक मोरङको बुढी गंगा गाउँपालिका ४ का ४० वर्षीय महमत अलि हुसेन लगायत ४ जना रहेका छन् ।

प्रहरीका अनुसार घाइते सबैको बिराट नसिंह होम अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । मे १ क ५५२५ नम्बरको ट्रिपरले प्रदेश १-०२-००३ ह ४७६१ नम्बरको सिटी सफारीलाई आज बिहान ११ बजे ठक्कर दिएको हो । दुवै सवारी साधन तथा ट्रिपर चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।