काठमाडौं – लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीमा जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९१ वर्षीय हाङ्गी कामी रहेकी छन् ।
गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।
चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। आगलागीबाट छाप्रोनजिकै रहेको ७ भेँडा, ३ भैँसी, ६ रागासमेत घाइते भएका छन्।