प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय

२०७९ माघ ६, शुक्रबार १३:५४ बजे

हेटौंडा –  मकवानपुरको बकैंया  गाउँपालिकाले माघ तीन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघ ५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले तामाङ समुदायको सोनाम ल्होछारको उपलक्ष्यमा माघ ७,८र९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलालले जानकारी दिए । 

यही माघ ८ गते सोनाम ल्होछार पर्छ । सार्वजनिक बिदाको समयमा गाउँपालिका लगायत गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरु बन्द हुने दुलालले बताए ।