प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा चौकीटोलबाट एक जना पक्राउ

२०८० बैशाख १९, मंगलबार ०१:०३ बजे

हेटौंडा – हेटौंडा उमहानगरपालिका वडा नं.१ चौकीटोलबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तान रहेका छन् ।

हेटौंडा–भैसे सडकखण्ड अन्र्तगत भैसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बर बसलाई चेकिङ गर्ने क्रममा बसमा सवार मोक्तानलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीेले उनको झोला चेकजाँच गर्ने क्रममा २ किलो ९०० ग्राम लागुऔषध गाजाँ बरामद गरेको जनाएको छ । उक्त लागुऔषध गाँजा सहित मोक्तानलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।