प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एन्फालाई खेलाडीको ५ बुँदे ध्यानाकर्षण

२०७९ असार ३०, बिहीबार १३:१९ बजे

काठमाडौं – खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमिति समक्ष ५ बुँदे ध्यानाकर्षपत्र बुझाएको छ । संघका अध्यक्ष बिक्रम लामाको टोलीले एन्फा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

देशको झण्डा अन्तराष्ट्रिय जगतमा फहराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको भन्दै पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमूल्यन भइरहेकोप्रति असन्तुष्टि जनाएको छ ।

खेलाडीहरुलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहत बनाएको पनि संघले जनाएको छ ।

ध्यानाकर्षपत्र