प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सौराहाको खोरमा थुनेर राखेको बाघ कसरी मर्‍यो ?

२०८१ जेठ ७, सोमबार ०८:१० बजे

चितवन - चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत सौराहाको खोरमा थुनेर राखिएको बाघ मरेको छ । शनिवार एक्कासी विरामी परेको पोथी बाघ आइतवार मरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार करिव १० वर्षको सो बाघ गत मंसिर पहिलो हप्तावाट सौराहानजिक बाघखोर वनाएर थुनेर राखिएको थियो । निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत लोथर नजिकैको कासघारीमा दुई जना मानिसलाई मारेर खाएपछि सो बाघलाई नियन्त्रणमा लिइएको थियो ।

यद्यपि बाघ मर्नुको कारण भने खुलेको छैन । वाघ नियन्त्रणमा लिएकै दिनदेखि खुट्टामा चोट लागेको अवस्थामा थियो ।घाइते अवस्थामा उद्धार गरी खोरमा थुनेर बाघको उपचार गरिदै आए पनि अहिले मरेको हो ।