प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडामा बुवाको परीक्षा दिन जाने छोरा प्रहरीको फन्दामा

२०७९ जेठ १९, बिहीबार १३:४८ बजे

हेटौंडा – मकवानपुर प्रहरीले सवारी चालक अनुमती पत्रको परिक्षा (लाइसेन्स) स्थलबाट एक जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–७ बस्ने २० वर्षीय सन्तोष गौतम रहेका छन् । उनी आफ्नो बुवाको ठाउँमा परिक्षा दिने क्रममा पक्राउ परेका हुन् ।

सन्तोष आफ्नो बुवा टुक नाथ गौतमको ठाउँ लाइसेन्सको परिक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई हेटौंडा उपमहानगरपालिका–११ स्थितमा यातायात ब्यवस्था कार्यालय हेटौंडाको परिक्षा स्थलबाट आज बिहिबार दिउँसो पक्राउ गरेको हो ।

सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।