प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यस्ता छन् बागमती प्रदेशको मन्त्रिपरिषद बैठकका निर्णयहरु

२०८० पौष २२, आईतबार २०:१२ बजे

हेटौंडा – बागमती प्रदेशको आईतबार साझँ बसेको मन्त्रीपरिषद्को बैठकले १० वटा निर्णय गरेको छ । प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितीको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको उनले बताए ।

यस्तै बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । जनचेतनामुलक प्रचार सामग्री निर्माण प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रर्बद्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि–२०८०, द्धन्द पिडीतका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश सभा सदस्य गीता गुरुङको लागि हेयरिङ मेसिन खरीद गर्न स्वीकृत प्रदान गरेको छ । एक वडा एक कृषि पशुपन्छि तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० स्वीकृत भएको छ । बागमती प्रदेशमा चालू रहेको एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संसोधन २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाई उद्धार सेवा सम्बन्धि कार्यविधि २०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धि कार्यविधि २०८० स्वीकृत गरिएको छ ।