काठमाडौं – भक्तपुरमा गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।