काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने बताएका छन् ।
गृह मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री लामिछाने पहिलो निर्णयमा हस्ताक्षर गर्दै निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याई पीडित पक्षलाई न्याय दिन गृह प्रशासनलाई निर्देशनसमेत दिए।
उनले भने, “२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका(२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई पीडितलाई न्याय दिलाउन अधिकतम प्रयास गर्नेछौं । निष्पक्ष छानबिन गर्न म निर्देशनसमेत दिन्छु ।”