प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–१५ बाट खाद्यन्न नियन्त्रण

२०८० चैत्र १७, शनिबार २०:४६ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट खाद्यन्न नियन्त्रणमा लिएको छ ।

पुर्वपश्चिम सडकखण्ड वीरजञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ख १३०० नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्दा चामल, प्याज, चिनी र तेल बरामद गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चामल ७ बोरा, प्याज ३५० किलो, चिनी २०० किलो र तेल २७ लिटर बरामद गरिएको हो । सामानहरु रातोमाटे प्रहरी चौकीमा राखिएको छ । सामान कस्को हो नखुलेको प्रहरीले जनाएको छ ।