हेटौंडा – स्याउँला काट्ने क्रममा सालको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । धादिङ गल्छी गाउँपालिका–७ भल्टार बस्ने वर्ष ६० को कृष्ण बहादुर खतिवडाको मृत्यु भएको हो।
प्रहरीका अनुसार खतिवडा आफ्नै घर नजिक रहेको सालको रुखमा स्याउँला काट्ने क्रममा घाइते भएका थिए । उनको अम्बेभरोसा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।