काठमाडौँ – पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं एक सुचना जारी गर्दै आज मंसिर २१ गते देखि २७ गतेसम्म सो बारे जानकारी दिएको हो ।
जारी सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।
प्रशासनले बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु गरेको हो । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख छ।