प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश सभाको बैठक फेरि स्थगित, कांग्रेसको आन्तरिक किचलो छलफलमा बाधा

२०८२ असार १६, सोमबार १८:२२ बजे

मकवानपुर ।  बागमती प्रदेश सभाको बैठक नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण आज पनि बस्न सकेन । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक अब असार १९ गते सम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक सत्ता गठबन्धन दलहरूबीच आवश्यक सहमति जुट्न नसक्दा स्थगन गरिएको हो । सत्तारूढ दल कांग्रेसभित्र नेतृत्व र भूमिकाको विषयमा देखिएको विवादका कारण संसद् सञ्चालनमै समस्या देखिएको छ ।

यसअघि पनि असार १२ गते बिहीवार बिहान ११ बजे बस्ने भनिएको बैठक दलहरूबीच सहमति नजुटेपछि स्थगन गरिएको थियो। पछिल्लो समय पटक–पटक बैठक बस्न नसक्दा बजेटमाथिको समयमै छलफल र पारित गर्ने प्रक्रिया प्रभावित हुने देखिएको छ।

प्रदेश सभा सचिवालयले आजको बैठक स्थगन भएको पुष्टि गर्दै अबको बैठक असार १९ गते बिहान ११ बजे बस्ने जानकारी दिएको छ।

 

May be an illustration of blueprint and text that says 'अमम्टকেा જरमती बागसत्मा ऋ्रवेश सभा दोसो कार्यकाल ਛैठौ अधिवेशन सूचनापत्र- 9 २०६२ असार १६ गते बैठक बस्ने समय परिवर्तन भएको सूचना आज मिति २०६२ असार १६ गते सोमवार दिनको 8:00 बजेको लागि निर्धारग भएको सभाको बैठक विशेष कारणवश मिति २०६२ असार १९ गते बिहीवार बिहान 99:00 बजे बस्ने गरी प्रदेश सभा नियमावली, २०७४ को नियम को उपनियम (ミ) बमोजिम माननीय सभामुखज्यूले निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरू एवं सम्पू्ण सरोकारबालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको द| とんぶはア रामकुमार पौडेल सभा सचिव Scanned ScannedwithCamScanner with CamScanner'