प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु

२०७८ चैत्र २७, आईतबार १३:३२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा सवारी मर्मत वर्कशप संचालन गर्दै आएको ३५ वर्षीय सहदेव गोलेको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार आइतबार बिहान मोटरसाइकल धुने क्रममा करेन्ट लागेर गोले गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको दासले बताए ।