प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार हुँदै, मकवानपुरका दुई सांसद मन्त्री बन्दै

२०७९ माघ ११, बुधबार ०५:३८ बजे

हेटौंडा – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री जम्कट्टेलले आज मन्त्रीपरिषद बिस्तार गर्ने भएका हुन् ।

बागमती प्रदेशमा सत्ता गठबन्धनभित्र भागवण्डाको टुंगो लागेको छ । जसमध्ये एमालेले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाउने छन् भने मन्त्री हुने ८ जना नाम समेत टुङ्गो लगाईएको छ ।

प्राप्त जानकारी अनुसार ८ जना मध्ये मकवानपुरका दुई प्रदेश सांसद मन्त्री बन्दैछन् । नेकपा एमालेबाट एकलाल श्रेष्ठ र माओवादी केन्द्रबाट कुमारी मोक्तान मन्त्री बन्ने बताईएको छ ।

एमालेबाट एकालाल श्रेष्ठलेले श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशब पोख्रेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएको छन् । यसअघि एमालेकै जेएन थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भैइसकेका छन् ।

यसैगरी माओवादी केन्द्रबाट सांसद युवराज दुलालले भौतिक मन्त्रालय, कुमारी मोक्तानले सामाजिक विकास र गंगानारायण श्रेष्ठले आन्तरिक मामिला मन्त्रीमा पाउने बताईएको छ । मोक्तान यसअघिको सामाजिक विकास मन्त्री हुन् । 

राप्रपाका उद्धब थापाले खानेपानी, उर्जा तथा सिंचार्इ बताईएको छ । त्यस्तै राप्रपाले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।