प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अर्काको मोबाइल वैंकिङ खाताबाट पैसा निकालेर हिनामीना, मकवानपुर र काठमाडौँबाट ८ जना पक्राउ

२०७९ माघ २१, शनिबार ०४:२९ बजे

हेटौंडा – संगठित रुपमा विद्युतिय माध्यमको प्रयोग गरी अनधिकृत रुपमा अर्काको खाताको रकम निकालेर हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु मकवानपुर र काठमाडौँबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत सितामढी घर भई  काठमाण्डौ बस्ने बर्ष २९ को अवधेश कुमार, सप्‍तरी घर भई बौद्ध जोरपाटी बस्ने बर्ष ३४ को दिलिप कुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने बर्ष ३३ को अजय चौधरी भन्ने नगेन्द्र साह कानु, हेटौडा बस्ने बर्ष २७ की रविना चौधरी, हेटौडा ९ गुम्वाचोक बस्ने सन्तोष कुवंर, पर्सा बिरगंञ्जका बर्ष २८ को राजु पटेल, बर्ष २० को साहिल परबेज र बर्ष १९ को शिवशंकर राउत रहेका छन् । 

गत मंसिरमा ललितपुर सातदोबाटो बस्ने हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल वैंकिङ खातामा अनधिकृत रुपमा प्रवेश गरी बिभिन्न व्यक्तिहरुको नाममा रहेको ई(सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरेका थिए । त्यसपछि ढकालले प्रहरीमा उजुरी दिएका थिए ।

ढकालको उजुरीको सम्वन्धमा अनुसन्धान गर्दै जाँदा संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकालेर हिनामिना गरेको पाईपछि प्रहरीको विशेष टोलीले मकवानपुर र काठमाडौँबाट उनिहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी काठमाडौंले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल थान ९, ल्यापटप स्थान १ र एटीएम कार्ड स्थान ५ बरामद गरेको छ । उच्च अदालत पाटन, ललितपुरबाट वैंकिङ कसूर मुद्दामा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले छ ।