प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मेघ गर्जनसहित वर्षाकाे सम्भावना

२०७८ चैत्र २०, आईतबार ०४:१३ बजे

हेटौंडा – हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

आईतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।