हेटौंडा – बाँकेको राप्तीसोनारी गाँउपालिका २ झुरीखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना यात्रु घाइते भएका छन ।
प्रहरीका अनुसार सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका ७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने,अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।