प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

लागुऔषध सहित एक महिला पक्राउ

२०८० पौष २३, सोमबार १७:४९ बजे

हेटौंडा – १३ किलो लागुऔषध गाँजा सहित चितवनबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–२ घर भई भरतपुर महानगरपालिका–३ स्थितमा डेरा कोठा गरि बस्ने ४३ बर्षीय दुर्गा अधिकारी रहेका छन् ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा आइतबार दिउँसो अधिकारीलाई गाँजा सहित पक्राउ गरेको हो । उनले आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त लागुऔषध गाँजा सहित अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।