प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमतीमा सत्ता गठबन्धनका चारै जना विजयी

२०८० माघ ११, बिहीबार १८:०७ बजे

हेटौंडा – बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन्। महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य खुल्लातर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी भइन्। उनले नेकपा ९एमाले० की उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरिन्। चौलागाईंले दुई हजार ५५२ मतभार प्राप्त गरिन् ।

अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत निर्वाचित भए। उनले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्मा पराजित भए । घनश्यामले ६ हजार ५१२ मतभार प्राप्त गर्दा ध्रुवराजले ३ हजार ५२ मतभार प्राप्त गरे।

अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले) का उम्मेदवार विवेक देवकोटालाई पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए। अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए।