प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लागुऔषध सहित एक जना पक्राउ

२०८१ जेठ २७, आईतबार ०९:०१ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी खोलाबाट शनिबार लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.८ रमौली बस्ने बर्ष ४२ को नागेन्द्र महत्तो रहेका छन् ।

राक्सिराङबाट मनहरीतर्फ आउदै गरेका पैदलयात्री महत्तोलाई शंका लागी चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने कालो झोलाभित्र रातो प्लाष्टिकले बेरेर लुकाई छिपाई ल्याइएको लागुऔषध गाँजा २ किलो ७०० ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यस बारे अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।