प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको नेवारपानीबाट एक जना पक्राउ

२०८० भाद्र ८, शुक्रबार १३:५० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानरपालिका–१९ नेवारपानीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा उपमहानगरपालिका–११ बस्ने वर्ष २७ को नारायण शाह रहेका छन् ।

पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च २५२५ नम्बरको योद्धा पिकअप गाडी रोकेर चेकजाँच गर्दा उक्त गाडीबाट ४१ किलो ३०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

योद्धा पिकअप गाडीबाट उक्त गाँजा बरामद गरेपछि चालक शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।