प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

हेटौंडा बसपार्कबाट एक युवक पक्राउ

२०८० माघ १, सोमबार १३:०५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट आइतबार ५ किलो ४०० ग्राम लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका वडा नं. १० बस्ने १९ बर्षीय ईन्ताज आलम रहेका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले आइतबार विहान बसपार्क पुर्व जाने टिकट काउण्टर छेउमा बसिरहेका आलमको झोला चेकजाँच गर्दा उक्त परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आलमलाई  नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।