प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

२०८० जेठ १४, आईतबार १२:२५ बजे

काठमाडौं – फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।

उनी पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्दै आएका थिए । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए । खोजतलासको क्रममा शनिबार बेलुकी सवा ७ बजेतिर गुरूङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।