प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमानले 'बन्चरो' ले हान्दा श्रीमती 'खुत्रुक्कै'

२०८० मंसिर २०, बुधबार १९:४० बजे

हेटौंडा – सल्यानमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका–३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।