हेटौंडा – उदयपुरको कटारी नगरपालिका ८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कटारीबाट घुर्मीतर्फ आउँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।
फाइल तस्वीर