प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हाईसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८० आश्विन ४, बिहीबार ०४:२० बजे

हेटौंडा – चितवनमा हाईसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

मुग्लिङबाट नारायणगढ आउँदै गरेको बा २ ख १९०१ नम्बरको हाईसले बिपरित दिशाबाट जादै गरेको बा ३८ प ७६३५ नम्बरको मोटरसाइकललाई भरतपुर–२९ सत्रकिलोमा बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक काठमाण्डौ रानीवन बस्ने २४ बर्षीय सकावाङ अलिको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार हाईसको ठक्करबाट चालक सकावाङ र उनकी श्रीमती २० बर्षीया शाह जहान दानु अलि गम्भीर घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको उपचारको क्रममा सकावाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र हाईस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।