प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर एक जनाको मृत्यु

२०८० असार ५, मंगलबार १३:११ बजे

काठमाडौं – चट्याङ लागेर पश्चिम नवलपरासीमा एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१० नदवास्थित खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।